सिजी लाइफसेलद्वारा बिप एप सार्वजनिक

0
Shares

काठमाडौं, (नेस)
सिजी लाइफसेलले बिप एप सार्वजनिक गरेको छ । सिजी लाइफ सेल चौधरी ग्रुपअन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नया“ विजनेस भर्टिकल हो ।
बिप एप एउटा म्याजेजिङ प्लेटफर्म हो जहा“बाट भ्वाइस कल, भिडियो कल गर्न र म्यासेज एवम् फाइलको आदान प्रदान गर्न सकिनेछ । यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसमसम्बन्धी जानकारी र समाचारका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।

‘डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा हामी जतिसक्दो योगदान पु¥याउन चाहान्छौं ।’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो–‘यसबाट आम नेपाली नागरिकको अझै सर्वसुलभ रुपमा सूचनामा पहु“च पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

यो एप आईओएस र एन्ड्रोइड दुवै मोबाइल अपरेटिङ सिस्टममा चल्छ । यसलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

यस एपमा मोबाइल फोनको भाषाअनुसार परिवर्तन गर्न सकिन्छ । कुनै पनि मोबाइल अपरेटरका ग्राहकले बिप एप सजिलै प्रयोग गर्न सक्छन् । यसमा विभिन्न प्रकारका निःशुल्क गेम डाउनलोड नगरी खेल्न सकिन्छ ।

त्यस्तै फलो मि र लोकेसन शेयर जस्ता बिशेषताहरु प्रयोग गर्न सकिन्छ । सरप्राइज पोइन्टद्वारा विभिन्न प्रकारका उपहार जित्न सकिनेछ । बिप एपलाई ल्यापटप र डेक्सटपमा पनी प्रयोग गर्न सकिन्छ । १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिन्छ ।