सिभिल बैंक र एनबीआईबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सिभिल बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागि सम्झौता भएको छ । उक्त सम्झौतामा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार एनबीआईको वित्तीय साक्षरता सम्बन्धी मोबाइल एपको संरचना र सुविधाबारे सिभिल बैंकका कर्मचारीलाई विस्तृत जानकारी गराउने तथा बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीलाई उक्त एपको बारेमा जानकारी गराई ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै बैंकले उक्त एपमार्फत महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक–शिक्षिका तथा विद्यार्थीलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । एनबीआईले बैंकलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको समेत व्यवस्थापन गर्नेछ ।

वित्तीय साक्षरताको सबै आवश्यक सामग्री सबै माझ लैजान एनबीआई मोबाइल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नया“ आयामको शुरुवात हुनेछ ।