सन्राइज बैंक र एलआईसी नेपालबीच बैंकास्योरेन्स सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सन्राइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकास्योरेन्स सम्झौताअनुसार सन्राइज बैंकले देशभर रहेका १०३ वटै शाखाबाट एलआईसी नेपालको जीवन बीमा योजना बिक्री गर्न सक्नेछ ।

सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
यस बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर, ११८ वटा एटीएममार्फत ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ