खप्तडमा पर्यटकको संख्या बढ्दै

0
Shares

विमल विष्ट, डोटी
खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको छ । खप्तड क्षेत्रमा पर्यटक दिनहु“ आउन थालेको डोटी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तथा खप्तड क्षेत्रमा पर्ने पूर्वीचौकी गाउ“पालिकाका स्थानीय नरेन्द्र खड्काले बताउनुभयो ।

उहा“ले भन्नुभयो–‘खप्तड त्यसैमा पनि पर्यटकको आर्कषणको केन्द्र हो, अहिले झन् बाक्लो हिमपात भएपछि त्यसको मनोरम दृश्य हेर्न पर्यटक आएका हुन् ।’
चालू आर्थिक वर्षको हालसम्म ४५ जना जति विदेशी पर्यटक आएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

निकुञ्जमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको उहँ“ले बताउनुभयो । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकनमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालू आर्थिक वर्षको ७ महिनामा दुई लाखभन्दा बढी राजस्व संकलन भएको छ ।

त्यस्तै आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्जले बाह्य पर्यटकबाट प्रतिव्यक्ति ३ हजार ३ सय ९० रुपिय“का दरले भ्रमण शुल्क लिने गरेको छ । खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै विभिन्न जातीका जंगली जनावरसमेत हेर्न सकिन्छ ।

त्यस्तै त्रिवेणी धाम, नागढुंगा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । निकुञ्जको संरक्षणका लागि चारवटा ठाउ“मा इलाका कार्यालय रहेको छ । खप्तड क्षेत्रमा जेठ महिनामा गँगा दशहरा मेला तथा जनैपूणिर्माका दिन जात्रा लाग्ने गर्दछ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइ“चो लाग्ने गरेको बग्लेकका स्थानीय धनबहादुर विष्टले बताउनुभयो ।

खप्तड क्षेत्रमा आउने पर्यटकको सुविधा तथा सहजताका लागि डोटीको पूर्वीचौकी गाउ“पालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा झिग्ररानासम्म सडक सुविधा पु¥याइएको छ । झिग्ररानाबाट भने पर्यटकको माग अनुसार घोडाको व्यवस्था गरिएको पूर्वीचौकी गाउ“पालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले बिचपानीसम्म सडक सुविधा पु¥याउन सफल भएका छौं भने त्यहाँबाट पर्यटकको माग बमोजिम घोडाको पनि व्यवस्था मिलाउन सक्छौं ।’

खप्तड पर्यटन क्षेत्रको विकासका लागि स्थानीय तहले बिभिन्न किसिमका विकासका काम गर्दै आए पनि केन्द्र तथा प्रदेश सरकारले खासै चासो नदिएको स्थानीयको आरोप छ ।

डोटीको पूर्वीचौकी गाउ“पालिका, होटल व्यवसायी संघ डोटी र पूर्वीचौकी गाउ“पालिका वडा न २ को संयुक्त लगानीमा बगलेक गाउ“का १० घरधुरीबाट होमस्टे शुरु गरिने होटल व्यवसायी संघ डोटीका अध्यक्ष दीपकबहादुर खड्काले जानकारी दिनुभयो । बग्लेकमा तत्कालै ठूला होटेल सञ्चालनमा ल्याउन कठिन हुने हु“दा होमस्टेका माध्यमबाट पर्यटकहरुलाई सुविधा दिन स्थानीय घरलाई छनोट गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्ला संगमस्थलमा अवस्थित छ । यसको क्षेत्रफल २२५ वर्ग किलो मिटर छ । समुन्द्र सतहबाट ३ हजार ५ सय मिटरसम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र ५६७ थरिका वनस्पतिहरु र नेपालमा पाइने ८५० किसिमका चराचुरुगीमध्ये २६० भन्दा बढी चराचुरुगी पाईने गरेको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले बताउनुभयो ।

खप्तडमा २०० भन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडिबुटीका साथै कस्तुरी, मृग, ब“देल, डा“फेलगायतका जीवजन्तु र पंक्षी पाइन्छन् । मंसिरदेखि फागुन महिनासम्म हिउ“ले ढकमक्क हुने यस क्षेत्रको विकासका लागि वर्षेनी करोडौंको बजेट आउने भए पनि राजनीतिकरण र आर्थिक अनियमिताले यस क्षेत्रको विकास हुन नसकिरहेको स्थानीयको आरोप छ ।