ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह

0
Shares

काठमाडौं, (नेस)
ऊर्जा, जलस्रोत तथा सि“चाइमन्त्री वर्षमान पुनले नेपालमा लगानीको वातावरण बनेको भन्दै ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

नेपाल लगानी सम्मेलनमा भाग लिन आएका लगानीकर्ताहरूबीच शनिबार मन्त्रालयमा भएको छलफलमा उहा“ले सो आग्रह गर्नुभएको हो ।

मन्त्री पुनले विदेशी लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको भन्दै आफूले आन्तरिक र बाह्य बजार निर्माण गर्ने बताउनुभएको थियो । उहा“ले मन्त्रालयले प्रसारणलाइन सम्बन्धी ४० वर्षे गुरुयोजना सार्वजनिक गरेको भन्दै वैदेशिक लगानी र सीपलाई नेपालमा लगाउन आग्रह गर्नुभएको थियो ।

म्यानमारका लगानी र वैदेशिक आर्थिक सम्बन्ध हेर्ने मन्त्री यु थाउंग टुन, एडीबीका उपाध्यक्ष, पावर चाइनाका अध्यक्ष, अष्ट्रियन दुतावासका कमर्सियल काउन्सिलर, चाइना नेसनल हेवी मेसिनरी कर्पोरेसनका उपाध्यक्ष, भारतीय कम्पनी जीएमआरका प्रतिनिधिहरुस“ग भेटवार्ता गर्नुभएको थियो ।