महासंघको निर्वाचनका लागि बहस शुरु

0
Shares

हेटौंडा, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि जिल्लास्तरमा बहस शुरु भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न भन्दै विभिन्न जिल्ला भ्रमणमा पुगेको मकवानपुर उद्योग वाणिज्य संघको टोलीले गरेको छलफलका क्रममा निर्वाचनको माहोल बनेको देखिएको हो ।

र सिन्धुली उद्योग वाणिज्य संघले मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गर्दै सिन्धुलीमा आयोजना गरेको कार्यक्रममा महासंघ केन्द्रीय सदस्य अरुणराज सुमार्गीले जिल्ला उद्योग वाणिज्य संघको अस्तित्व ठूलो रहेको बताउ“दै व्यवसायीको समस्या प्रत्यक्ष बुझेको व्यक्तिलाई अगाडि बढाए व्यवसायीको हित हुने बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व सफल पार्दै नेपाल उद्योग वाणिज्य महासंघको क्षेत्रीय अध्यक्षसमेत भइसक्नुभएका सुमार्गीले व्यवसायीको साथ पाए जिल्ला नगरको नेतृत्व लिन आफू तत्पर रहेको खुलाउनुभयो ।
उहा“ले जिल्ला नगरमा वास्तविक व्यवसायीको नेतृत्व अभाव रहेको बताउ“दै क्षमता र व्यक्तित्व भएको नेतृत्व भए जिल्ला नगरको अस्तित्व बलियो हुनेमा जोड दिनुभयो । केन्द्रीय सदस्य सुमार्गीले जिल्ला उद्योग वाणिज्य संघको समस्याप्रति आफ्नो गम्भीर चासो रहेको स्पष्ट पार्नुभयो ।

यसअघिका नेतृत्वले जिल्ला नगरका उद्योगीको समस्याप्रति चासो नराखेको आरोप लगाउ“दै उहा“ले अब बिगतमा देखिएका समस्या समाधान गर्न आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गर्नुभयो । देश संघीयताको संरचनामा आएकोले अब जिल्ला नगर उद्योग वाणिज्य संघलाई बलियो बनाउनुपर्ने र यसका लागि नेतृत्व सबल हुनुपर्ने सुमार्गीले बताउनुभयो । सुमार्गीले मकवानपुर र सिन्धुली उद्योग वाणिज्य संघको सम्बन्ध प्रगाढ रहेको बताउ“दै सिन्धुलीको विकासका लागि आफूले हरपर सहयोग गर्ने आश्वासन दिनुभयो ।

सिन्धुली उद्योग वाणिज्य संघ अध्यक्ष अमरेशचन्द्र बैदारले व्यावसायिक घरानाले जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले अबको निर्वाचनमा उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि मकवानपुरबाट सुमार्गीलाई अगाडि बढाउन आफूहरुको एजेण्डा रहने बताउनुभयो ।