वित्तीय साक्षरताले सहकारीमा लगानी बढायो

0
Shares

रोल्पा, (नेस)
वित्तीय साक्षरताले रोल्पाका सहकारी संस्थामा शेयर र बचत वृद्धि भएको छ । तीन वर्षदेखि शुरु भएको उक्त कार्यक्रमले सहकारी संस्थामा शेयर लगानी गर्ने र नियमित बचत गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

जिल्लाका विभिन्न ९७ स्थानमा वित्तीय साक्षरता कक्षा सञ्चालन भएको थियो । प्रतिकक्षा २५ जनाका दरले सहभागीलाई २७ दिनसम्म विभिन्न विषयमा कक्षा सञ्चालन गरिएको जिल्ला सहकारी संघ रोल्पाका अध्यक्ष कर्ण वा“ठाले जानकारी दिनुभयो । सहकारी संस्था गठन भई निश्कृय अवस्थामा रहेका स्थान छनोट गरी यस्ता कक्षा सञ्चालन गरेका हौं अध्यक्ष वा“ठाले भन्नुभयो । जिल्लाको मिरुल, थवाङ, फगाम, जेल्बाङ,ह्वामा र धवाङलगायतका स्थानमा यस्ता कक्षा सञ्चालन भएका थिए ।

वित्तीय साक्षरताका लागि तालिम प्राप्त सहजकर्ताले यस्तो कक्षा सञ्चालन गरिएको विकास सरोकार समाज रोल्पाका वित्तीय साक्षरता अधिकृत हुमप्रसाद वा“ठाले जानकारी दिनुभयो । जिल्लाका ६ वटा सहकारी संस्थामा ३ वर्ष अघि ३५५ जना शेयर सदस्य रहेकोमा हाल सो संख्या वृद्धि भई १ हजार २२८ पुगेकोे छ ।

यसैगरी १८ लाख ४८ हजारमात्रै बचत रहेको ती सहकारीले वित्तीय साक्षरतापश्चात १ करोड ८१ लाख ६९ हजार बचत गरेका छन् ।