फोर्ड फिगो बजारमा

0
Shares

काठमाडौं, (नेस)
फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको मौलिक स्टाइल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगो बजारमा ल्याएको छ । २४ लाख ९९ रुपिया“ मूल्य रहेको यसमा
नया“ शक्तिशाली इन्जिन र १२सयभन्दा बढी ठूलो सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडि र पछाडिको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्रान्ड न्यु इन्टिरियेर रहेको छ ।

त्यस्तै नया“ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नया“ १ दशमलव २ लिटर पेट्रोल र १ दशमलव ५ लिटर डिजेल इन्जिनका साथ आफ्नो श्रेणीमा नै शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टच स्क्रिन रहेको छ ।

फोर्ड फिगो १२ सयभन्दा बढी सुक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ आकषर््ाक बाहिरी र आरमदायी भित्री बनावट, सुरक्षा सम्बन्धी उत्कृष्ट प्रविधि शक्तिशाली इन्जिन फोर्ड फिगोको सवारीलाई अझ बढी उत्कृष्ट र रमाइलो बनाइने विश्वास लिइएको छ ।

नया“ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।