काभ्रे गोल्डकपको उपाधि संकटाले चुम्यो



काभ्रे ।
२५ वर्ष पछि आयोजना गरिएको काभ्रे गोल्ड कपको उपाधी संकटा क्लव काठमाडौले हात पारेको छ । आयोजक टिम काभ्रे जिल्ला फुटबल संघलाई शुन्यका विरुद्ध तीन गोलले हराउँदै संकटाले उपाधी हात पारेको हो ।

संकटा क्लवका जर्सि नम्वर ७ का अभिषेक रिजालले खेल शुरु भएको ३० सेकेण्डमै पहिलो गोल गरेका थिए । दबाबमा परेको आयोजक टिमले अर्काे गोल फर्काउन नसक्दै संकटा क्लवका जर्सि नम्वर २७ का एक्मि क्रिश्चियनले दोश्रो गोल गरेका थिए । निर्धारित समय सकिए पछि थपिएको अतिरिक्त समयको पहिलो मिनेटमै संकटाकै जर्सि नम्वर १० का सुभाष गुरुङ्गले अर्काे गोल गरेका थिए । उपाधी प्राप्त गरेको संकटाले नगद ४ लाख सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो भने दोश्रो हुने टिमले नगद २ लाख सहितको शिल्ड प्राप्त ग¥योे । दुबै पुरस्कारको प्रायोजन धुलिखेल नगरपालिकाले गरेको थियो ।

प्रतियोगितामा सर्वाधिक गोल गर्ने संकटाका एक्मि क्रिश्चियनलाई हाईस्कोर उपाधी प्रदान गरिएको थियो भने बेस्ट किपर संकटाकै राजाबाबु थापा मगर घोषित भए । उनले प्रतियोेगिता अवधी भर आफ्नो टिम विरुद्ध एक गोल पनि हुन दिएनन् । त्यस्तै बेस्ट डिफेन्स टम्पी अर्नेस घोषित भए । विजयी टिमलाई नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी ब्याञ्जुले सबै प्रदेशहरुमा खेल मैदान निर्माण गर्ने, राष्ट्रिय प्रतियोगिताको अयाोजना गर्ने र खेलाडीहरुको उत्पादन गर्न सहयोग गर्ने बताए । एन्फा अध्यक्ष कर्म क्षिरिङ्ग शेर्पाले देशभर खेलकुदको विकासका लागि एन्फाले कार्य गरिरहेको बताउँदै धुलिखेलमा आयोजना गरेको राष्ट्रिय प्रतियोगिताले फुटबलको सम्भावनालाई थप मद्दत पु¥याएको बताए ।

कार्यक्रममा काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास मानन्धर, कार्यक्रम संयोजक निरोज श्रेष्ठ लगयातले जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले हौसला थपेको बताए । प्रतियोगितामा ए डिभिजनका ६ वटा क्लब सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्