आफ्नै दाजुको दुवै हात छिनाल्ने युवा पक्राउ

0
Shares

रामधन राई, खोटाङ ।
चैत्र–१६, आफ्नै दाजुको दुबै हात छिनाल्ने खोटाङका एक युवा पक्राउ परेका छन् । केपिलासगढी गाँउपालिका–७ सुङदेलका २५ वर्षिय सहोदर दाजु अष्टबहादुर राईको दुबै हात छिनालेर फरार २२ बर्षिय बालकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार राती करिब १ बजे भएको घटनाका दोषीलाई शनिबार पक्राउ गरी कारबाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

घाईते अष्टबहादुुरको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि बसबाट शनिबार काठमाडौ पठाईको छ । दुबै हातको करिब ५ प्रतिशत मात्र छिनिन बाँकी रहेको प्रहरी नाउव उपरीक्षक केसीले बताृनुभयो ।