मुसिकोटमा भुमिकाको धमाका

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोटमा जारी कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवमा शनिबार चर्चित लोकदोहोरी गायिका भुमिका गिरीले आफ्नो कला प्रदर्शन गर्दा खुलामञ्चमा अत्यधिक धुलो उड्यो ।

लोकदोहरी क्षेत्रमा छुट्टै पहिचान कमाएकी गायितका गिरीले युवा,युवति, वालक, बृद्धबृद्धालाई नचाउने खालका आफ्ना गितहरु प्रस्तुत गरिन् । ब्रहाटाकुरा खुलामंचमा भुमिकाले दर्शकसँगै गएर नाचिन् । लोक गितको क्षेत्रमा छिट्ै सफल गायिका गिरीलाई दर्शकले साथ दिएका थिए । स्टेच कुइनको रुपमा परिचित गिरीले आफ्नो थुप्रै गित गाएर मनोरञ्जन दिइन् ।

उनको गितमा चर्चित मोडल टिका जैसी पनि नाचेकी थिइन् । गायिका गिरीको गोरखपुरको सलाई गितमा टिका जैसी आफ्नो नाच प्रस्तुत गरेकी थिइन् । यसै गरी मोडल जैसीले अन्य चर्चित गितहरु सालको पात टपरी,कहाँ गयो जुरेली लगाएतका गितमा नाच प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा चर्चित गायक तथा पछिल्लो पुस्ताका चर्चित मोडल दुर्गेस थापाको प्रस्तुतीले दर्शकलाई निकै रौनक दिएको थियो ।

चर्चित मोडल थापा युवा पुस्ताका उदयमान गायक तथा मोडल हुन् । उनको प्रस्तुतीमा युवाहरुको झनै उत्साह थियो । आइतबार सम्म संचालन हुने महोत्सवमा गाँउ गाँउबाट स्थानीयको उत्साह जनक सहभागिता रहेको आयोजक समितीका सचिव तुल देवकोटाले बताए । शुक्रबारको कार्यक्रम गायक रमेश डाँगीले पनि आफ्नो प्रस्तुती राखेका थिए ।