रुखबाट लडेर एक जनाको मृत्यु

0
Shares

भोजपुर ।
भोजपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारका ६० बर्षीय चन्द्र बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शुक्रबार पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका श्रेष्ठ रुखमा चढ्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते श्रेष्ठको उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए । श्रेष्ठको शब पोष्टमाटमका लागि प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।