सिरहाको सर्रेअम्बासः जहाँ न बिजुली छ, न कुनै टावर

0
Shares

सिरहा ।
तराईका सुगम जिल्लाहरु मध्ये सिरहा पनि एक हो । तर सिरहाको धनगढीमाइ नगरपालिका –१४ भुगौलिक बिकटताले भरिएका छन । यहाको बासिन्दाहरु अहिलेसम्म बिजुली बत्ती हेर्न पाएको छैन् । बिजुली विहिन वडामा सर्वसधानहरु सोलर, टुक्किबाट रात गुजारी रहेको र विद्यार्थीहरु अध्यन गर्न बाध्य छन् ।

पूर्वपश्चिम राजमार्गको जिरोमाइलबाट १३ किलोमिटर उत्तरपट्टी रहेको सर्रे अम्बासमा पुस्तौदेखि बसोवास गर्दै आएका बासिन्दाहरु आधारभुत सुविधाबाट पनि बञ्चित रहेका छन् । हाल ६१८ घरधुरी भएको वडामा १७३५ महिला र पुरुष १५७७ जना पुरुष गरी कुल ३३१२ जना जनसंख्या रहेको छ । यहाँका बासिन्दाहरु कष्टकर जीवन यापन गर्दै आएका छन् । भारी सामानहरु बोक्ने, गाईवस्तुहरु पाल्ने, मेहनत मजदुरी गरी जीविकापार्जन गर्ने गर्छन् ।

संचार, मनोरंजन भन्ने थाहा नै रहेनछ । किनकी त्यहाँका बासिन्दाहरुलाई टेलिभिजन, पत्रपत्रिका वा संचाार के हो थाहै छैन् । स्थानिय बिना श्रष्ठले एक त मोवाईल चार्ज गर्न जेनतेन गरेर सोर्य उर्जा सोलरबाट गरी हाल्छिन् तर मोवाईलमा टावर हुँदैन । कोही एक्कासी विरामी पर्दा, सुत्केरीलाई व्यथा लाग्दा एम्ववुलेन्स पुग्दैन । आगो लाग्दा दमकल पनि आउँदैन– स्थानीय रामप्रतापले सुनाए ।

उनले थपे, ‘आजको आधुनिक र प्रविधिको युग हो र अहिलेको अवस्थामा मानिस चन्द्रमा सम्मको यात्रा गरी सके । त्यहाँ घर पनि बनाउँने कुरो सुनेको छु । तर यहाँका बासिन्दाहरुलाई प्रविधि के हो थाहै छैन ।’ भुगौलिक बिकटता कारण बाटोघाटो, यातायात र सञ्चारको निकै समस्या रहेको श्री मदन भण्डारी मेमोरियल आधारभुत विधालयमा कार्यरत महिला शिक्षका रेखा राईले बताइन् ।
वडा सदस्य तथा कार्यपालिका सदस्य हिरादेवि मगरले सम्बन्धित निकायमा बिजुली बत्ती, विकासका पूर्वाधारहरुका लागि पहल जारी रोखेको बताइन् ।

वडा कार्यालय पुग्न ३ घण्टा

यहाँका जनताले कुनै सेवा लिन परेको खण्डमा वडा कार्यालयसम्म पुग्न घण्टौं पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । वडा कार्यालयमा सेवा लिन आएका ४९ बर्षीय डम्बर बहादुर मगरले वडा कार्यालय पुग्न तीन घण्टा लाग्ने गरेको सुनाए । फाटफुटे मोटररिक्सा चलेको देख्दा खुसी लागेको उनले थपे । उनले बाटो राम्रो बनाइदिन, विजुली ल्याइदिन र मोवाइलका लागि टावर बनाइदिन सम्बन्धित निकायसँग माग समेत गरे ।