हाइटेक प्रविधिको तरकारी खेतीमा महिला उत्साहित

0
Shares

बाजुरा ।
जिल्लाको त्रिवेणी नगरपालिकाले आधुनिक तरिकाले तरकारी खेती गर्न सिकाउने उद्देश्यले हाइटेक प्रविधि प्रदर्शन तथा कृषि पाठशाला शुरुआत गरेको छ ।

मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि यो प्रविधि धेरै उपयुक्त भएकाले यहाँका कृषकलाई सो सम्बन्धी सीप सिकाउने र उनीहरुको आर्थिक वृद्धि विकासमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले प्रर्दशीनी गरेका शाखा प्रमुख मनबहादुर रावलले बताउनुभयो ।

परम्परागत रुपमा लगाउँदै आएको तरकारी खेतीभन्दा यस प्रविधिबाट उत्पादन बढी हुने, श्रम कम लाग्ने, सिँचाइ कम र मलसमेत सदुपयोग हुनका साथै गोडमेल पनि गर्न नपर्ने उहाँको भनाइ थियो ।

नगरपालिकाका सबै वडामा तरकारी खेती गर्नका लागि उपयुक्त जमीन पर्याप्त भए पनि अनुभव तथा सीप नभएका कारण तरकारी खेती व्यावसायिक बनाउन नसकेका यहाँका महिला अहिले कृषि विकास शाखाले सरल सहज किसिमले तरकारी उत्पादन गर्नका लागि सीप प्रदान गरेकाले अहिले आफूहरू उत्साहित भएको महिला कृषक जौमा साउदले बताउनुभयो । हालसम्म ७७७ कृषकले यस्तो तालीम लिइसकेका छन् ।
रासस