विद्यालयका बालबालिका खानेपानीबाट वञ्चित

0
Shares

कालीवहादुर मल्ल, कालिकोट ।
यस जिल्लाको तिलागुफा नपा–१ नाग्ममा रहेको मालिका माध्यमिक विद्यालयमा खानेपानी नहुदा यहाँ अध्ययन गर्ने बालवालिकाहरु खानेपानीबाट वञ्चित भएका छन् ।

विद्यालयमा आउने मुहानको पानी स्थानीय गाउलेहरुले गाउतिर लिएपछि यस विद्यालयमा अध्ययन गर्ने चार सय स्कुले बालबालिका खानेपानीबाट वञ्चित भएका हुन ।

विद्यालय परिसरमा खानेपानीको धारा तथा पानी ट्याङ्की रहेको भएतापनि धारामा पानी आउन छोडेको लामो समय भएको सोही विद्यालयका शिक्षक वलवहादुर वढाले बताए ।

विद्यालयबाट टाढा रहेको खोलावाट कार्यालय सहयोगीले वोकेर ल्याएको निकै दुर्गन्धीत र फोहोर पानी पिउन गरेका छन् ।
बालबालिकाहरु खानेपानीबाट वञ्चित भएको भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले तिलागुफा नगरपालिकालाई चैत १६ गते ध्यानाकर्षण पत्र पठाएको छ । मानवअधिकार आयोग प्रदेश शाखाका अधिकृत सुरवहादुर परियारले हस्ताक्षर गरेको पत्रमा आयोगले विद्यालयमा गरेको अनुगमनकाक्रममा बालबालिकाहरु खानेपानीवाट वञ्चित भएको र दुषित पानी खाने गरेको पाइएकोले तत्काल शुद्ध पानीको व्यवस्थापन गर्न सिफारिस गरिएको छ ।

साथै पत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय बालअधिकार सम्बन्धी कानुनी व्यवस्थाले प्रदत्त अधिकारमा बाल बचाउँ ,बालविकास र बाल संरक्षणमा राज्यको मुख्य दायित्व र कर्तव्य भएपनि स्थानीय,प्रदेश,संघिय सरकाले यस विद्यालयका चार सय बालबालिकालाई शुद्ध खानेपानीको व्यवस्थ गर्न निर्देशन दिएको छ ।

यस्तै आयोगले विद्यालयमा खानेपानी समस्या समाधान यथाशिघ्र आयोगलाई जानकारी गराउन हुन नेपालको संविधानको धारा २४९ (३) को निर्देशनानुसार अनुरोध गरेको छ ।