डाक्टरले कुटे आफ्नी श्रीमती, श्रीमतीको मृत्यु हुँदा अधिकारकर्मी आन्दोलित

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
डाक्टर श्रीमानबाट निर्घात पिटिएकी वीरगन्ज महानगरपालिका २० की सुनिता यादवको मृत्यु भएपछि पर्साका महिलाहरु आन्दोलित भएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत् ३६ वर्षीया यादवको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमानको कुटाइबाट शरीरभरि र टाउकोमा समेत चोटपटक लागेकी यादवलाई सुरूमा नारायणी उपक्षेत्रीय अस्पताल हुँदै वीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि चैत १२ गते शिक्षण अस्पताल ल्याइएको थियो। यादवलाई डाक्टर सोमबार ल्याएको हो। यादवलाई चैत ६ गते श्रीमानले कुटपिट गरेका थिए।

कुटपिट गर्ने डाक्टर सचितानन्द यादवलाई गत शुक्रबार पर्सा प्रहरीले पक्राउ गरिसकेको छ। यादव गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्। निर्घात पिटिएकी अनितालाई आइसियुमा राखी उपचार थालिएको थियो। अनिता सचितानन्दकी जेठी श्रीमती हुन्।

अनिताबाट सन्तान नभएपछि डाक्टरले कान्छी श्रीमती अनिताको ईच्छाले ल्याएको दाबी गरिएको थियो । मार्ने उद्देश्यले नै उनीमाथि कुटपिट भएको र उनको हत्या हुँदा समेत प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै महिलाहरुले शनिबार वीरगन्जमा प्रर्दशन गरेका छन् ।

आरोपी डाक्टर यादवलाई प्रहरीले पक्राउ गरेपनि अस्पतालको बिशिष्ट कक्षमा राखेर उपचार गरेको भन्दै महिलाहरु आक्रोशित भएका हुन् । बिरामी भएको नाटक गर्दै डा.यादवलाई अस्पतालमा राखिएको महिलाहरुको आरोप छ । प्रहरीले पक्राउ गरे लगत्तै डा. यादव बिरामी परेको भन्दै अस्पतालमा भर्ना भएका थिए ।