नारायणगढको २ वटा मोबाइल पसलमा चोरी (चोरी गर्दा गर्दैको भिडियो सहित)

0
Shares

चितवन । चितवनको नारायणगढमा रहेको २ वटा मोबाइल पसलमा चोरी भएको छ । नारायणगढको ईन्द्रदेव मार्गमा रहेको यु एण्ड मि मोबाइल हाउस र लाइन्सचोकमा रहेको चितवन मोबाइल हाउसमा चोरी भएको हो । दुबै मोबाइल पसलमा बिहान पख चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपी दुर्गा रेग्मीले जानकारी दिएका छन् ।

ईन्द्रदेव मार्गमा रहेको यु एण्ड मि मोबाइल हाउसबाट करिब करिब ४ लाख बराबारको ३० वटा मोबाइल चोरी भएको छ ।मोबाइल पसलको सिसी क्यामेरामा कैद भएको भिडियोमा चोरले हाइड्रोलिक ज्याक प्रयोग गर्दै सटर फोरेको देखाईएको छ । मोबाइल पसलका संचालक केशव क्षेत्रीले चोरले बढी मुल्य पर्ने ब्राण्डेड मोबाइल मात्र चोरेको बताएका छन् ।

यस्तै लाइन्सचोकमा रहेको चितवन मोबाइल हाउसबाट करिब ५ लाख २५ हजार बराबरको मोबाइल चोरी भएको छ । चितवन मोबाइल हाउस पनि हाइड्रोलिक ज्याक प्रयोग गर्दै सटर फोरेर चोरी गरिकेको छ । दुबै पसलमा एकै तरिकाले चोरी भएको हुँदा चोरी गर्ने समुह एकै हुन सक्ने आशंका गरिएको छ ।चितवनका प्रहरी प्रबक्ता डिएसपी रेग्मीले अनुसन्धान भईरहेको बताएका छन् । संकास्पद ब्यक्तीहरुलाई पक्राउ गरी अनुसन्धान चलिरहेको रेग्मीले बताए ।
https://youtu.be/OIJSV5FxhO0