धादिङमा भेटियो चरेस कारखाना, श्रीमान फरार, श्रीमती पक्राउ

0
Shares

काठमाडौं । धादिङमा चरेश कारखाना भेटिएको प्रहरीले गजुरी गाउँपालिकाको पेटारमा छापा हानी ठूलो मात्रामा चरेश र गाँजाको धुलो बरामद गरेको छ ।

घरमा लुकाएर राखेको अवस्थाा एक सय १० केजी चरेश, ६ सय ४३ केजी गाँजा र ५ सय ३२ केजी गाँजाको धुलो बरामद गरेको हो । सुकमान तामाङको घरबाट सो लागूऔषध बरामद भएको हो ।

सुकमान भागेको र उनको श्रीमती सुकुमायालाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरो(एनसिबी)ले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उक्त चरेस अन्यत्र निकासी हुने गरेको खुल्न आएको छ । सुकुमाया तामाङ्ग र उनका श्रीमान तिर्थ भन्ने सुकमान तामाङ्ग समेत मिलेर चरेसको कारोबार गर्ने गरेकोमा उक्त समयमा तिर्थ भन्न सुकमान तामाङ्ग फेला नपरेको बताइएको छ ।