हर्ट अट्याक भएका यात्रुलाई चालकले ट्याक्सीबाट लतार्दै झारेपछि… (भिडियाे सहित)

0
Shares

काठमाडौं । सामान्यतय सर्वसाधरणहरु विरामी पर्दा वा काम विशेषमा छिटो पुग्नुपर्दा ट्याक्सी चढ्ने गर्छन् । सुरक्षित यात्राको लागि पनि ट्याक्सीलाई लिने गरिन्छ । तर, आज ट्याक्सी चालकको बद्मासीका कारण हामीले कल्पना पनि गर्न नसकिने घटना भयो । गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल रञ्जितको मृत्युको घटना यस्तो छ, जुन हामी पत्याउनै सक्दैनौं ।

यस्तो छ घटना विवरण
नियमित स्वास्थ्य परीक्षणका लागि चाबहिलस्थित मेडिकेयर अस्पताल आएका रञ्जित बुधबार दिउँसो करिब १२ बजे स्वास्थ्य परिक्षण सकेर घर जानका लागि ट्याक्सी चढे । उनलाई अस्पतालसम्म उनैका छोरा प्रवीणले ल्याएका थिए ।

गोपाल मेडिकेयर अस्पतालमा १० बजे आइपुगेका थिए। सवा ११ स्वास्थ्य परीक्षण सकियो । विहान बुबालाई स्कुटरमा राखेर ल्याएका प्रविणले स्कुटरमै जाँदा बुबालाई गाह्रो होला भन्ने सोचेर घर जानका लागि बुबालाई ट्याक्सी चढाए र उनी स्कुटर चढेर घरतिर लागे ।

प्रहरीका अनुसार ट्याक्सी चढेको केहीबेरमै गोपाललाई हर्ट अट्याक भएछ । उनी छट्पटाउन थाले। त्यसलगत्तै ट्याक्सी चालकले उनलाई त्यहि धुलाम्मे सडकमा फालेर भागे ।

यता, घर पुगेको धेरै बेरसम्म पनि बुबा आइनपुगेपछि प्रविण पुनः बुबाको खोजिमा फर्किए । त्यसबीचमा उनलाई अपरिचितको नम्बरबाट फोन आइसकेको थियो कि चावहिलकै हेल्पिङ ह्याण्डस अस्पताल आउनु भनेर । त्यहाँ पुग्दा उनले आफ्नो बुबालाई जिउँदो पाउन सकेनन् ।

ट्याक्सीको अघिल्लो सिटमा बसेका गोपाल हर्ट अट्याक भएर ट्याक्सीमै बेहोस भएपछि ति ट्याक्सी चालकले नजिकै रहेको अस्पतालमा लैजानुृको सट्टा सामान्य मानवीयता पनि नदेखाई गोपाललाई लतार्दै अघिल्लो सिटबाट सडकमा खसालेर भागे ।

सडक छेउको धुलोमा लडिरहेका मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। अनि तुरुन्तै प्रहरीले गोपाललाई हेल्पिङ ह्याण्डस् अस्पताल पु‍‍र्‌यायो । तर, अस्पतालले गोपालको मृत्यु भइसकेको पुष्टि गर्यो ।
त्यसलगत्तै प्रहरीले गोपालको साथबमा रहेको बैंकको एटिएम कार्डबाट सर्म्पक नम्बर पत्ता लगाई प्रविणलाई फोन गरेको थियो ।

त्यसपछि शुरु गर्यो प्रहरीले अनुसन्धान । हेल्पिङ हयाण्डस् अस्पताल नजिकै रहेको सीसीटिभी फुटेजमा गोपाल चढेको ट्याक्सी र गोपाल बेहास भएपछि बाहिर लतार्दै निकालेको दृश्य कैद भएको रहेछ । त्यसैका आधारमा ट्राफिक प्रहरीले बिरामी यात्रुलाई सडकमै अलपत्र छाडेर भाग्ने बा१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमल श्रेष्ठलाई पक्राउ गर्‍यो।

पक्राउ परेका ट्याक्सी चालक श्रेष्ठले प्रहरीसमक्ष गोपल अचानक उफ्रिएजस्तो गरे लगत्तै बेहोस भएपछि आफू अत्तालिएर के गरौं र कसो गरौं भएपछि बाहिर निकालेर भागेको बयान दिएका छन् ।

मृतकको पोस्टमार्टम गर्दा उनको मृत्युको कारण हृदयघात भन्ने देखिएको छ। तर, मृतकका आफन्तले भने मेडिकेयर अस्पतालमा परीक्षण गरेर डिस्चार्ज भए लगत्तै गोपालको मृत्यु भएकोमा उक्त अस्पतालले गरेको उपचारमा पनि प्रश्न उठाएका छन्।

हुनत मेडिकेयर अस्पतालले मृतक गोपालको अवस्था सामान्य रहेको भनेर डिस्चार्ज गरेको देखिन्छ। मृतकको आज मात्रैगोकर्णेश्वरघाटमा दाहसंस्कार गरिएको छ।

५० वर्षीय कमलबहादुर श्रेष्ठलाई प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी सार्वजनिक अपराधमा मुद्दा चलाएको छ।

https://youtu.be/XNrqUKyxCj8