धादिङ ।
नियमित रुपमा आगु औषध नियन्त्रणका लागि क्रियाशिल प्रहरीले बिहिबार राती दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा न.ं ७ पेटारेबाट ठूलो मात्रामा प्रतिबन्धीत लागु औषध गाजा र चरेश बरामद गरेको छ ।
घरमा लुकाइ छिपाइ राखिएको अवस्थामा नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले छापा मारेर गजुरी गाउँपालिका वडा न.ं ७ पेटारे निवासी ४५ वर्षीया सुकुमायाँ तामाङलाई पक्राउ गरेको छ ।
पक्राउ परेकी तामाङको घर र गोठबाट लुकाइ राखेको अवस्थामा चरेस १ सय १० किलोग्राम, चरेश बनाउने धुलो ३२ किलोग्राम, गाजाँ मिसिएको धुलो ३ सय ९० किलोग्राम, गाजाँको गेडा समेतको १ सय ९ किलोग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।
लागुऔषध नियन्त्रणका लागि विषेश सुराकी र सूचना संकलन गर्दै प्रहरीले यस वर्ष उल्लेख्य सफलता हात पारेको जनाएको छ । प्रहरीले सुकुमायाँलाई प्रतिबन्धीत लागुऔषध सम्बन्धी मुद्दा चलाउने जनाएको छ ।











प्रतिक्रिया