मेगा बैंक र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्सबीच सम्झौता


काठमाडौं, (नेस)
मेगा बैंक नेपाल र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंकले आप्mनै ‘मेगारेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा निकै लोकप्रिय रहेको कोइनसट कम्पनीस“ग सम्झौता गरेको हो ।

कोइनसटस“ग रेमिट्यान्स सम्झौता गर्ने मेगा नेपालको पहिलो वाणिज्य बैंक हो । यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीले मेगा बैंकका देशभरका १ सय २ वटा शाखा र अन्य बैंकमा रहेको खातामा मेगामार्फत रकम जम्मा गर्न सक्नेछन् । यसका साथै मेगा बैंकका देशभर छरिएका २ हजार ३ सयभन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सहजै रकम भुक्तानी लिने व्यवस्था पनि मिलाइएको छ ।

मेगा बैंकले दक्षिण कोरियामा रहेका नेपालीलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले मेगा मातृभूमि बचत खाताको व्यवस्था पनि गरेको छ । दक्षिण कोरियामा रहेका मेगा बैंकका प्रतिनिधिमार्फत शून्य मौज्दातमै खोल्न सकिने मेगा मातृभूमि बचत खातामा बैंकले विभिन्न सुविधा पनि दिएको छ ।

जसमा ६ दशमलव ५ प्रतिशत त्रैमासिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, बैंक स्टेटमेन्ट लगायतका सुविधा निःशुल्क गरिएको छ ।
भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने आवास कर्जा र सवारी साधन कर्जामा पनि विशेष छुटको व्यवस्था बैंकले गरेको छ । सीआस्बा सुविधा र आईपीएस सुविधा पनि उपलब्ध रहेको छ ।