ओम डेभलपमेन्ट बैंकले महालक्ष्मी लाइफ इन्स्योरेन्सको योजना बिक्री गर्ने


काठमाडौं, (नेस)
ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार ओम डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ५३ शाखाहरुबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा योजना बिक्री गर्नेछ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चैत मसान्तभित्र देशको २३ स्थानमा कारोबार सञ्चालनको तयारी गरिरहेको छ ।

सम्झौतामा ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको थियो ।