काठमाडौं, (नेस)
सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले इन्ट्रुडरको खरिदमा बैंकक भ्रमण वा ४३ इन्च स्मार्ट एलईडी टीभीको योजना ल्याएको छ ।
चैत १३ गतेदेखि लागू भएको यस योजनाअन्तर्गत प्रत्येक इन्ट्रुडर बाइकको खरिदमा ग्राहकले आधुनिक स्टाइलिस तथा विशेष गुण भएको इन्ट्रुडर बाइकका साथै बैंंकक वा ४३ इन्च स्मार्ट एलईडी टिभी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजना नव वर्ष २०७६ लाई मध्य नजर गरी सीमित अवधिको लागि लागू गरिएको हो । इन्ट्रुडर बाइक आपैंmमा आकर्षक हुनुको साथै स्टाइलिस हेडलाइट, डिजिटल मिटर रहेको छ । १५० सीसीको बाइक समूहमा एबीएस जडान गरिएको एक मात्र क्रुजर बाइक रहेको कम्पनीको दाबी छ ।











प्रतिक्रिया