सिजी फुड्स र ग्लोकल प्रालिबीच सम्झौता

0
Shares

काठमाडौ, (नेस)
सिजी फुड्स र ग्लोकल प्रालिबीच ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भएको छ ।
‘हामी किशोर किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो शुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ यो सुरुवातसं“ग सम्झौता अघि बढाउन खुशी छौं ।

दिगो सम्झौता अघि बढाउने उद्देश्यका साथ हामी अहिले सम्झौताको चौथो वर्षमा टेक्दैछौं । यो मञ्चबाट नेपालका युवा र किशोर किशोरीलाई फाइदा पु¥याएकोप्रति हामी सकारत्मक छौं । त्यही विश्वासले हामी किशोर किशोरीको विकासलाई सहयोग दिगो सम्झौतालाई निरन्तरता दि“दैछौं । यो पहिचानले उनीहरुको ध्येय प्राप्तिमा सहयोग गर्नेछ । सिजी फुड्सका सीईओ’ जीपी शाहले भन्नुभयो ।

त्यस्तै ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले वाइवाइ ब्रान्डस“गको सम्झौतालाई निरन्तरता दिन पाउ“दा हामी हर्षित छौं र यो प्रतिष्ठित मञ्चलाई किशोर किशोरीको शुरुवातलाई उत्थान गरी सशक्तिकरण गर्न अझै अघि बढ्ने छाैं ।

यस्ता संस्थाको सहयोग र विश्वासले यो शुरुवातलाई अझै प्रभावकारी हुन मद्दत गर्ने बताउनुभयो । यो वर्षको वाइवाइ ग्लोकल टिन हिरो लागि आवेदन वैशाख २१ गतेदेखि खुल्नेछ ।