प्राधिकरणले ४० करोडको मिटर निःशुल्क बाड्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्न शुरु गरेको छ । सरकारले चालू आर्थिक वर्षमा विपन्न वर्गलाई निःशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न ४० करोड रुपिया“ विनियोजन गरेस“गै प्राधिकरणले निःशुल्क विद्युत् मिटर वितरण गर्न शुरु गरेको हो ।

सरकारले उपलब्ध गराएको उक्त रकमलाई प्राधिकरणले आफ्ना ८ वटा क्षेत्रीय कार्यालयलाई ५÷५ करोड रुपिया“ बा“डफा“ड गरी क्षेत्रीय कार्यालयमार्फत विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण गर्न शुरु गरेको प्राधिकरणले जनाएको छ ।

विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिं“दैन । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निःशुल्क मिटर जडान गरिदिने छ ।

मिटरको एक हजार ९ सय ३५ रुपिया“, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नया“ मिटर जडान गर्दा लाग्ने जम्मा तीन हजारदेखि तीन हजार पा“च सय रुपिया“बराबरको लागत विपन्न वर्गले निःशुल्क पाउने छन् । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरी (हुकिङ)मार्फत विद्युत् प्रयोग गर्दै आएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले मुलुकभर रहेका वितरण केन्द्रका सञ्जालमार्फत विभिन्न वर्गलाई निशुल्क वितरण भइरहेको जानकारी दिनुभयो । ‘पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने छ,’ घिसिङले भन्नुभयो ।

प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयका निर्देशक ओमप्रकाश महतोले निःशुल्क मिटर जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको बताउनुभयो । कार्यालयले ३ हजारभन्दा बढी विभिन्न वर्ग घरधुरीमा निःशुल्क मिटर जडान गरिसकेको छ ।