प्रधानमन्त्रीलाई २० कित्ता शेयर

0
Shares

काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनीको २० कित्ता शेयर परेको छ । बिहीबार भएको शेयर बा“डफा“डमा १० हजार कित्ता आवेदन गर्नुभएका प्रधानमन्त्रीलाई २० कित्ता शेयर परेको हो ।

यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता शेयर परेको छ । हजार कित्ता आवेदन दिनुभएका ऊर्जा, जलस्रोत तथा सि“चाइमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, ऊर्जा, जलस्रोत तथा सि“चाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतलाई पनि २० कित्ताका दरले शेयर परेको छ ।
चैत ७ गतेदेखि ११ गतेसम्म सो कम्पनीको शेयर बिक्री गरिएको थियो ।

कम्पनीको जारी पु“जी दुई अर्ब ४७ करोडको १५ प्रतिशतले हुन आउने ३७ करोड पा“च लाख बराबरको ३७ लाख पा“च हजार कित्ता शेयर आह्वान गरेको थियो । कुल एक लाख ५६ हजार ७११ जनाले शेयर आवेदन गरेका एक लाख ५४ हजार ५५९ आवेदन मात्रै सही ठहरिएको थियो । दोहोरो आवेदन तथा अन्य केही प्राविधिक समस्याका कारण ६७ आवेदन भनेपछि खारेज भएको थियो ।

माथिल्लो त्रिशुली थ्री बी आयोजना निर्माणका लागि आह्वान गरिएको शेयरमा पहिलो चरणमा १० प्रतिशत रकम भुक्तानी गरिएको छ । बा“की ९० प्रतिशत रकम भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि उपलब्ध गराउनुपर्नेछ ।