लगानी आकर्षित गर्न कुनै कसर बाँकी नराखिने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि राजधानीमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेला उद्घाटन गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघले वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा मेला आयोजना गर्दै आएको छ ।

मेला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले स्वदेशी उद्योगलाई विशेष प्रोत्साहन दिने विश्वास दिलाउनुभयो । ‘सरकारले स्वदेशी विदेशी दुवै उद्योग र लगानीलाई आकर्षण गर्नेमा कुनै कसर बा“की राख्ने छैन, त्यसमा पनि स्वदेशी उद्योगलाई त झनै प्रोत्सान दिन्छ, त्यसमा तपाईहरु ढुक्क हुनुहोस् ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो–‘मुलुकभित्र उद्योग व्यवसायको विकास विस्तार हुनुपर्छ, समृद्धि ल्याउनुपर्छ भन्नेमा म दृढ छु, प्रतिबद्ध छु र सरकार सोहीअनुसार अगाडि बढेको छ ।

समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सफल पार्ने मुख्य नेतृत्वकर्ता समेत निजी क्षेत्रनै भएको पनि स्पष्ट पार्दै लगानी सम्मेलनलाई सिंगो राष्ट्र नै मिलेर सफल पार्नुपर्नेले बताउनुभयो ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मेलालाई नेपालको निर्यात क्षमता बढाउने, स्वदेशी उद्योग बढाउने र स्वदेशी र विदेशी उत्पादकबीच सहकार्य, सहयोग र संयुक्त लगानी विस्तार गर्ने महत्वपूर्ण मञ्चको रुपमा विकास गर्दै जानुपर्ने सुझाव दिनुभयो । उहाँले सरकार पनि मेलाको आयोजक हुन पाएकोमा खुशी प्रकट गर्दै सरकारको समृद्धिको अभियानलाई निजी क्षेत्रको पनि दरिलो साथ रहेको बताउनुभयो ।

मेलामा महासंघका अध्यक्ष भवानी राणाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मुलुकभित्र आर्थिक क्रियाकलाप बढाउन एक महŒवपूर्ण माध्यम बन्दै आएको बताउनुभयो । अध्यक्ष राणाले नेपाल लगानी सम्मेलनको पूर्वसन्ध्यामा शुरु भएको मेलाले विश्व सामुन्ने नेपाललाई लगानीका लागि मुख्य आकर्षक गन्तव्यको रूपमा पहिचान गराई व्यापार तथा लगानी आकर्षण गर्ने मुख्य उद्देश्यले उल्लेख गर्नुभयो । उहा“ले मेला प्रत्येक वर्ष यही समयमा आयोजना गरि“दै आएको भन्दै यस वर्ष लगानी सम्मेलन पनि यही अवसरमा पर्न गएकाले मेलाको महŒव अझ बढ्न गएको पनि बताउनुभयो ।

त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा समेत सघाउ पु¥याउनुको साथै नेपालको व्यापारघाटा कम गर्न मद्दत गर्ने धारणा राख्नुभयो ।
महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बंगलादेशबाट ४० वटा र बा“की नेपाली स्टल रहेको बताउनुभयो ।

कुल २२५ भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने र मेलामा भारत, चीन, बंगलादेश पाकिस्तानलगायतका देशहरूको सहभागिता रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा चिनिया“ व्यापार तथा वाणिज्य मन्त्रालयका उप–महानिर्देशकले पनि मेलामा मन्तव्य राख्नु भएको थियो ।