जनकपुर बमकाण्डः पूर्वमन्त्री टक्लासहित ७ जनालाई जन्मकैद

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
जनकपुर बमकाण्डका दोषी पूर्व राज्यमन्त्री संजय कुमार साह ‘टक्ला’ सहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएकाे छ । धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो ।

अदालतले पूर्वमन्त्री टक्लासहित सुरेश कर्ण, रिपेन्द झा, अर्जुन सिंह भनिने मुकेश चौधरी, जयप्रकश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, मुकेशकुमार कर्णलाई जन्मकैदको सजाय सुनाएको छ ।

पूर्व राज्यमन्त्री टक्ला गत २०६४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरमबाट धनुषा–४ तथा दोस्रो संविधानसभा चुनावमा सद्भावनाका तर्फबाट धनुषा–३ बाट विजयी भएका थिए ।

गत २०६९ साल वैशाख १८ गते जनकपुरको रामानन्द चोक भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा विमलशरण दास, रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, दीपेन्द्र दास र सुरेश उपाध्यायको मृत्यु भएको रहेका छन् ।