पर्यटन वर्ष २०२० को प्रचारमा क्यानडाका नेपाली ड्राइभर

14
Shares

धनवीर दाहाल, रुकुम ।
क्यानडामा विगत १४ वर्षदेखि काम गर्दै आएका नेपाली ट्रक ड्राइभर नरबहादुर टन्डन यति बेला युरोपका २६ देशमा पर्यटन वर्ष २०२०को प्रचारलाई तिब्र बनाउन हिड्दैछन् । उनी क्यानडाबाट युरोप तिर हिड्न थालेका हुन् । ५ बर्षदेखी नेपाली पर्यटन दुतको रुपमा क्यानडा र अमेरिकामा काम गर्दै आएका टन्डनले नेपालको पर्यटन क्षेत्रको प्रचार बिश्वका बिभिन्न मुलुकमा गर्न थालेका छन् ।

आफ्नो मातृभूमिको मायाँ कति लाग्छ, देशप्रतिको सम्मान कति जाग्छ भन्न ेकुरा विदेशमा बस्ने हजारौंको संख्यामा रहेका टन्डनहरुलाई राम्रोसंग थाहा छ । आफ्नो मातृभूमिको लागी विदेशमा बसेको एउटा ट्रक ड्राइभरले के योगदान गर्न सक्छ भनेर सोचेर सो काममा लागेको उनले बताए । अमेरिका र क्यानेडा ट्रक ड्राइभ गर्दा उनले विभिन्न शहर घुमेको बताए ।

ती शहरमा नेपालको प्रचार गर्न मलाई मन लागेको र पेशाले सामान्य ट्रक ड्राइभर भएकोले गर्दा सस्तोमा प्रचार गर्ने उपाय सोच्न समय लागेको उनको भनाई छ । उनले भने “मेरो ट्रक १२० टन क्षमताको छ र यो ट्रकको ढ्वाङ निकै लामो छ । त्यसको भित्तामा नेपालको पर्यटकीय गन्तव्य झल्किने तस्बिर टाँसेर प्रचार गर्दा सजिलो हुने देखेर नेपालका धार्मीक मन्दिरहरु, प्राकृतिक सुन्दताहरु, हिमालहरुका तस्बिर ट्रकमा टाँस्ने निर्णय गरे ।”

त्यसपछि उनले कत्तिपनि ढिला नगरी गौतम बुद्धका तस्बिर, सगरमाथा, विभिन्न चाडपर्वहरु मनाईदै गरेका फोटोहरु, तालतलैयाका तस्बिरहरु ट्रकमा टाँसे। सन २०१३ देखि उनले यो काम निरन्तर गरिरहेका छन । पछिल्लो ६ बर्षदेखि टन्डनको ट्रकले सिंगो नेपाल बोकेर क्यानडा र अमेरिकामा गुडीरहेको छ ।

क्यानडा अमेरिका चल्ने २९ लाख ट्रकमध्ये एउटा मात्रै ट्रक टन्डनको हो, जसले सिङ्गो नेपाल बोकेर हिड्ने गर्दछ । अरुले विभिन्न विज्ञापनका तस्बिर टाँसेर पैसा कमाईरहेका छन । तर टन्डनले भने आफ्नै खर्चमा आम्दानी ठाउँ प्रयोग गरेर नेपालको प्रचार गरिरहेका छन । पञ्चवर्षीय योजना नै बनाएर अमेरिका र क्यानडाका सबै शहरमा उनले ट्रक घुमाईसकेका छन । टन्डनले रुकुमको एक विद्यालयलाई २ लाख बराबरको कम्प्युटर पनि गत महिना सहयोग गरेका थिए ।