अमिन चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दायर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका, नक्सा शाखाका अमिन विरेन्द्र चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले चन्दले सेवाग्राहीसँग घूस मागेको भन्दै मुद्दा दायर गरेको हो ।

उनले सेवाग्राहीसंग जग्गाको प्राविधिक मार्फत नापँजाच गरी क्षेत्रफल निर्क्योल गरी सीफारिस गरिदिने भन्दै घूस रकम माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चन्दलाई सेवाग्रहीसंग बीस हजार घूससहित उक्त महानगरपालिका कार्यालय पक्राउ गरिएको हो ।