दिसा मिसिएको खानेपानी वितरण

0
Shares

 

नुवाकोट (नेस)
बिदुर नगरपालीकामा बितरण भएको खानेपानीमा दिसा मिसिएको जिल्ला स्वास्थ्य कार्यालयको प्रतिबेदनमा सार्बजनिक भएको छ । नुवाकोट जिल्लामा बितरित खानेपानी मध्ये सबै भन्दा बढि नगरपालीकामा बितरत पानीमा दिसा मिसिएको प्रतिबेदन जिल्ला स्वास्थ्य कार्यालयको प्रतिबेदनमा उल्लेख भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले गरेको अनुसन्धानबाट नगरपालीकामा बितरण भएको पानी न्युन गुणस्तर रहेको पाईएको हो । बिदुर खानेपनी तथा सरसफाई उपभोक्ता समिति मार्फत बितरण भएको खानेपानी बितरणको अबस्थामा समेत नागरिकहरु सन्तुष्ट भएका छैनन् । घरयासी प्रयोजनका मात्रै प्रयोग गर्दै आईरहेको पानी नियमित नआउने, समितिले तोके अनुसारको समयानुकुल नभएको उपभोक्ता सारदा गजुरेलले बताए ।

यता बिदुर खानेपानीतथा सरसफाई उपभोक्ता समितिको कार्यालय सचिबनबराजन्यौपानेले बितरण गरेको खानेपनीधमिलो रहेको स्विकार गर्छन । पुरानो संरचनाअनुसारनै हाल सम्मपान्ीबितरण भैरहेकाले आबाश्यक्ताअनुसार उपलब्ध गराउननसकेको उनको भनाई छ । नगर क्षेत्रमाबितरण भएको खानेपानीको श्रोत पर्याप्तनभएकाकारण सबैको घरघरमापानी पुराउननसकेको बिदुर खानेपानीतथा सरसफाई उपभोक्ता समितिले जनाएको छ ।