विजय नेपाली, पोखरा
गण्डकी प्रदेशमा पछिल्लो समय खाद्य अनुगमनलाइ निकै तिव्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय कास्की , उपभोक्ता मञ्च गण्डकी पोखरा महानगरपालिका लगायत निकायले अनुगमन गर्दै कार्वाही गर्दै गरे पनि खाद्यको गुणस्तरमा भने अनुगमन गर्न सकेको देखिदैन ।
अनुगमन टोलिले म्याद सकिएको छ छैन हेर्ने, आवश्यक कागजपत्र र सरसफाइ बाहेक अन्य खाद्यमा मिसावट, गुणस्तर मा भने अनुगमन गर्ने अवस्था छैन । गण्डकी प्रदेशमा खाद्य प्रयोगशाला नहुदा खाद्य गुणस्तरको जाच गर्न निकै कठिन छ । “तत्कालिन पाँच विकास क्षेत्र हुदा प्रयोगशाला थियो त्यही पनि भैरहवामा थियो , राज्य स्थानिय संरचनामा गए सङै भैरहवा प्रदेश पाँचमा गाभियो अहिले गण्डकी प्रदेशमा प्रयोगशाला छैन “ उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । प्रयोगशाला नहुदा अनुगमनमा समस्या आएको बताए । अन्य सबै प्रदेशमा ल्याब हुँदा पनि गण्डकी प्रदेशमा प्रयोगशाला नहुनु दुर्भाग्यपूर्ण रहेको बताउदै पर्यटकिय प्रदेशका आम उपभोक्ता तथा पर्यटनले गुणस्तरीय खाद्यको परिक्षण विनानै उपभोग गर्न बाध्य भएको धारणा राखे ।
प्रदेश सरकारले यस प्रति गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । पोखराको अनुगमनलाइ सार्थक र निरन्तरता दिनको लागि खाद्य अनुगमन घुम्ती प्रयोगशालाको प्रयोग गरिदा त्यसबाट समेत प्रमाणित हुन्छ कि पोखराको खाद्यमा अखाद्य बस्तुको प्रयोग भएको छ । पोखरामा मंगलवार डेरि तथा मिठाइ व्यवसायी पसल तथा रेष्टुरेन्टमा घुम्ती प्रयोगशालाको प्रयोग गरि अनुगमन गरेको छ । अनुगमनको क्रममा पोखराको चर्चित माडवाडि भोजनालय, आगान लगायत रेस्टुरेन्ट बाट दुषित तेल तथा उक्त तेलमा पकाइएका विभिन्न परिकारहरु नष्ट समेत गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग काठमाडौ , जिल्ला प्रशासन कार्यालय कास्की , उपभोक्ता मञ्च कास्कीको संयुक्त टोलीले अनुगमन गरेका हुन । पोखराको चर्चित लवकुश डेरि, मारवाडी भोजनालय , आगन , अमृत एण्ड अनमोल दूध सप्लायर्स लगायतको उद्योगमा अनुगमन गरेको हो । अनुगमनको क्रममा पोखराको अधिकांस उत्पादनको खाद्यबस्तुमा गुणस्तर नरहेको खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक इश्वर सुवेदीले बताए ।
डेरि , फिस्टेल डेरि दुई मिठाई पसलमा दुषित तेलको प्रयोग भएको बताए ।“ हामिले सुधार गर्नको लागि निश्चित समय दिएका छौ, त्यो समय भित्र सुधार नगरे कार्वाही गर्छौ“ सुवेदीले भने । पोखरा सृजनाचोकमा रहेको जयससवाल भोजनालयमा समोसा जेरी लगायतका खाद्य बनाउने तेल दुषित भेटिएको हो । उक्त भोजनालयमा भेटिएको दुषित तेललाई अनुगमन समितिले नस्ट गरेको छ ।
महेन्द्रपुलमा रहेको मारवाडी भोजनालयमा समोसा बनाउन प्रयोग गरिएको तेल दुषित भटिएको हो । पोखरा पहिलो पटक अनुगमन समितिले नै स्थलगत परिक्षण गरेको हो । सिमलचौरको अमृत एण्ड अनमोल दुध सप्लायर्सले अनुज्ञापत्र नलिइ ध्यू उत्पादन गरेको भेटिएको छ । अनुज्ञा पत्र लिएर ध्यू उत्पादन गर्नको लागि अनुगमन समितिले निर्देशन दिएको छ । सुबेदीले त्यस्तो तेलमा बनाएको खाना खानेलाई तत्काल खाना खान मन नलाग्ने, हिच्की आउदा अमिलो पन आउने र ग्यास्टिक हुने लक्ष्ण देखिने र लामो समय सम्म खानेलाई जन्डिस , कुपोषण क्यान्सर लगायतका रोक लाग्नुका साथै रोग प्रतिरोधात्मक क्षमता समेत घट्ने बताए । तेललाई लामो समयमा सम्म प्रायोग गरे, खुल्ला राखेमा, पानी मिसाउदा र फलामाका बस्तु प्रयोग गर्दा तेल छिटो दुषित हुने सुबेदीको भनाई छ ।
न्युरोडमा रहेको आगन रेष्टुरेन्टमा पनि बिग्रेको तेल भेटिएको हो । २ वटा चुलोमा प्रयोग गरिएको बिग्रेको तेललाई नस्ट गरिएको हो । त्यस्तै अनुज्ञापत्र काडमान्डैबाट लिएर पोखरामा व्यवसाय संचालन गरेको भेटिएको छ । अरुको अनुज्ञापत्र लिएर व्यवसाय गर्नु गैरकानुनी रहेको उनले बताए । अनुगमनको क्रममा प्रयोग गरीएको घुम्ती प्रयोशाला गाडीमा मंगलबारको लागि मात्र पोखरा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कार्यालय प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिए । उक्त गाडीमा अत्याधुनिक सामान जडान गरिएको कारण अनुगन गर्न निकै सहज भएको बताए ।पर्यटकिय नगरी पोखरामा खाद्य प्रयोगशाला नहुनु साच्चै नै दुर्भाग्यपूर्ण हो । यसको लागि सरकारले तत्काल कदम चाली खाद्य प्रयोगशाला निर्माण गर्नपर्ने देखिन्छ ।











प्रतिक्रिया