खोटो संकलनमा रोक

0
Shares

बैतडी (नेस)
बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रका सामुदायिक वनमा खोटो संकलनमा रोक लगाएको छ । मापदण्ड विपरीत खोटो संकलन भईरहेकाले रोक लगाइएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो ।

सल्लाका रुख नै सुक्ने हिसाबले खोटो सकलन भईरहेकाले खोटो संकलनमा रोक लगाउने निर्णय नगरपालिकाले गरेको उहाँले बताउनुभयो । खोटो संकलनका कारण जंगल नै मासिने डर भएकाले खोटो संकलनमा रोक लगाइएको हो ।

नगर क्षेत्रभित्रका कुनैपनि सामुदायिक वनमा खोटो संकलन गर्न नदिने उहाँको भनाई छ । यसअघि नगरपालिकाका विभिन्न सामुदायिक वनहरुमा खोटो संकलन हुँदै आएको थियो । मापदण्ड विपरीत खोटो संकलन भईरहेकाले खोटो संकलनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।