बाग्मती सिचाई आयोजनाका कर्मचारी आन्दोलित

0
Shares

सञ्जय कार्की, रौतहट
तीन महिना देखि तलब नपाएपछि बागमति सिंचाई आयोजना सर्लाहीमा
कार्यरत २ सय ५५ जना ज्यालादारी कर्मचारी आन्दोलित भएका छन् ।

आर्थीक बर्ष ०३५÷३६ सालमा सर्लाही र रौतहटको करिब ४६ हजार हेक्टर जमिनमा सिचाई सुबिधा पुरयाउने उदेश्यले सो आयोजना स्थापना गरिएको भएपनि यस बर्ष सरकारले बाग्मती सिचाई आयोजनाको प्राङ्गणमा मनुस्मारा झाझ सिचाई आयोजना ब्यबस्थापन कार्यालय खोलेपछि ज्यालादारी कर्मचारी अन्यौलमा परेका छन । स्थापनाकाल देखिनै भर्ना भएका सो आयोजनाका सयौ कर्मचारीहरु हालसम्म अस्थायीरुपमानै कार्यरत रहदै आएका छन ।

कर्मचारीको सेबा सुबिधाको लागि आयोजनाले पटक पटक सिफारिस गरी सिचाई मन्त्रालय हुदै अर्थमन्त्रालय सम्म फाईल पुरयाएपनि कार्यान्वय नभएपछि ज्यालादारी कर्मचारीहरु पीडित बन्दै आएका छन । पेशाको सुनिश्चितता र तलबको माग राख्दै उनीहरु चैत्र ३ गते देखि चरणबद्ध आन्दोलनमा उत्रेका छन ।

कर्मचारीको आन्दोलन शुरु भएपनि त्यहाका जिम्मेबारी कर्मचारीहरु समेत अनुपश्थित हुने गरेका छन । सिचाई बिभाग अस्थायी करार कर्मचारी संगठनका अध्यक्ष केशब रेग्मिले चालु अबस्थामा रहेका कर्मचारी लाई अन्यत्र ब्यबस्थापन गर्ने नाममा तलब सुबिधा बाट बन्चित गर्नु दुर्भाग्यपुर्ण रहेको बताउनु भयो ।

बाग्मती सिचाइ आयोजना अस्थायी कर्मचारी संगठनका अध्यक्ष अर्जुन प्रसाद कणेलले अस्थायी कर्मचारीहरु लाई बिस्थापित गर्ने उदेश्यले अन्यत्र गाभ्ने प्रयास गरेको बताउनु भयो । सम्बन्धित निकायले यथासक्य माग सम्बोधन नगरेमा सिचाइका सम्पुर्ण कार्य रोकेर आन्दोलन लाई शसक्त बनाउने बताउनु भयो ।