नेपाल समाचारपत्र, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले नगरपालिकाले विपद जोखिम न्यूनिकरणलाई पहिलो प्राथमिकता दिएको बताउनु भएको छ ।
वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीद्घारा दिपायल सिलगढी नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको सम्बाद कार्यक्रममा बोल्दै नगर प्रमुख मलासीले दिपायल सिलगढी नगरपालिका भौगोलिक रुपमा विपद जोखिमका दृष्टिकोणले प्रभावित रहेको बताउदै नगरपालिकाले यसलाई न्यूनिकरण गर्न महत्व दिएको बताउनुभयो ।
नगरपालिकाले ‘विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७५ जारी गरिसकेको बताउदै हरेक वडाहरुमा पनि स्थानीय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन समिति गठन भई सक्रिय रहेको मलासीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा बोल्दै नगरपालिकाका उप–प्रमूख शिवराज खड्काले नगरपालिकामा आपत्कालिन सूचना केन्द्र व्यवस्थापनलाई प्रभावकारी बनाईने कुरा बताउनुभयो । त्यस्तै सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले स्थानीय सरकार सँगसँगै आफुहरु पनि सक्रिय भएर विपद जोखिम न्युनिकरण र व्यवस्थापनमा लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
दिपायल सिलगढी नगरपालिकाका प्रमूख, उप–प्रमूख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुख, पत्रकार लगाएतको सहभागिता रहेको कार्यक्रममा सामुदायिक विकास केन्द्रका कार्यक्रम सँयोजक रामचन्द्र जोशीले परियोजना अन्तरगत भईरहेका कार्यक्रम बारेमा जानकारी गराउनु भएको थियो भने संवाद कार्यक्रमको पत्रकार झलक पालीले सहजिकरण गर्नु भएको थियो ।
सामुदायिक बिकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीको अध्यक्षतामा सम्पन्न उक्त कर्यक्रमका सहभागि वडा अध्यक्ष तथा विषयगत निकायका प्रमुखहरुले विपद जोखिम न्यूनिकरणका क्षेत्रमा सहकार्य र समन्वय गर्दै काम गर्नु पर्ने बताउदै गुरु योजनामा समाबेश गरिएका सवालहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनु पर्ने आबश्यकता औल्याएका थिए ।
वल्डभिजन इन्टरनेशनल नेपालसंगको साझेदारीमा सामुदायिक विकास केन्द्र डोटीद्धारा सञ्चालित नेपाल विपद जोखिम न्यूनिकरण परियोजना फेब्रअरी २०१८ देखि सेप्टेम्बर २०१९ का लागि सञ्चालन भईरहेको सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत सुरेश नाथले जानकारी दिनुभयो ।











प्रतिक्रिया