राजविराज (नेस)
सप्तरीको पूर्वी उत्तरी क्षेत्र कंचनरुप नगरपालिकामा जग्गा अतिक्रमण गर्न पुगेका सयौं सर्वसाधारण र प्रहरी बीच झडप भएको छ । झडपका क्रममा मंगोल समुहका शक्ति राईसहित एक दर्जन व्यक्ति पक्राउ परेका छन् । नगरपालिकाको वडानम्बर १ बैरवा स्थित कोशी टप्पुको जग्गा अतिक्रमण गरि केही व्यक्तिहरुले बस्ति बसाउने प्रयास गर्दा झडप भएको हो ।
अतिक्रम गर्न पुगेका सयौं स्थानिय र प्रहरी बीच भएको झडपमा प्रहरीले लाठि चार्ज र १४ राउन्ड अश्रुग्यास फायर गरेको छ । झडप र प्रहरीको सचेतनापछि सर्वसाधारण तितरवितर भएका थिए । घटनाको अनुसन्धान र संलग्नलाई कारवाही गरिने सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वताए ।











प्रतिक्रिया