विमल विष्ट, डोटी
पुरानो क्षेत्रीय सदरमुकाम दिपायल स्थित राजपुरमा एक सँस्थाले स्थानियका लाखौ रकम लिएर फरार भएको छ । २०७५ साल जेठ महिनामा दिपायलमा क्षेत्रीय कार्यलय खोलेको कार्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपाल नामक सस्थाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम,बैतडी,बाजुरा, बझाङ्ग र डोटी बाट १९ लाख ९४ हजार २ सय रकम लिएर फरार भएको स्थानियको आरोप छ ।
यहाँका पहाडी जिल्लामा बिभिन्न बचत समूह बनाई उक्त सँस्थाले अछामबाट रु २ लाख ३० हजार ६००, बैतडीबाट रु ३ लाख ६ हजार ८००,बझाङ्गबाट रु ४ लाख ३५ हजार ५००, बाजुराबाट रु ३ लाख १४ हजार ४००, तथा डोटीबाट रु ७ लाख ६ हजार ९०० गरी कुल रु १९ लाख ९४ हजार, २०० रुपैया लगेर फरार भएको बताईएको छ । उक्त सँस्थाले यहाँका जिल्लामा व्याज तथा ऋण सहयोग दिने भन्दै बचत समूह बनाई प्रतेक समूहमा आबद्ध सदस्यहरुबाट मासिक रु २ हजारका दरले रकम उठाउदै आएको थियो ।
उता राजपुरका स्थानिय तथा उद्योग बाणिज्य सँघका अध्यक्ष मोहनबहादुर कलेलले रकम सँकलन गरेर कार्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपाल नामक सँस्थाका पदाधिकारी फरार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सँस्थाका कर्मचारी कतिबेला फरार भए कसैले पत्ता लगाउन सकेनौँ,सँस्थाको बोर्ड झुन्ड्याएको छ,पछि बुझदा थाहा भयो, कर्मचारी भागे भन्ने ।” उक्त सँस्थाका कर्मचारीले रकम लिएर फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा अहिले सम्म कुनै पनि उजुरी नपरेको प्रहरी प्रमुख बिद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “रकम लिएर सँस्था भाग्यो भन्ने सुन्नमा आएको छ तर उजुरी कसैले दिएको छैन ।”
फरार भएका उक्त सँस्थाका कर्मचारीले स्थानिय दीर्घराज राणाको घर भाडा समेत नतिरेको बताईएको छ । उतm सँस्थाको केन्द्रीय कार्यलय नेपालगञ्जमा रहेको र सँस्थाका अध्क्षय भष्टचारको आरोपमा जेल परेको बताईएको छ ।











प्रतिक्रिया