बर्डफ्लू संक्रमित क्षेत्रबाट भित्रिएको अण्डा नष्ट

0
Shares

रामेछाप (नेस)
बर्डफ्लू संक्रमित क्षेत्र चितवनबाट रामेछाप हुँदै दोलखा लैजन लागकोे ९० कार्टुन कुखुराको अण्डा रामेछाप प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । ढुवानीको साधन चेकजाँचको क्रममा जितपुर सम्म लैजने अनुमति भएको अण्डा अवैध तरिकाले रामेछाप हुँदै दोलखा लैजने क्रममा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

रामेछापका स्थानीय पोल्ट्री ब्यवसायिले प्रहरीलाई उजुरी गरे पछि अवैध बर्डफ्लू संक्रमित क्षेत्र चितवनबाट भित्रिएको अण्डा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । प्रभु पोल्टी सप्लायर्स नारायणगढले जितपुरको लागि क्वारेन्टाइन काटेको अण्डा, जितपुरबाट विना क्वारेन्टाइन रामेछाप ल्याइएको र अण्डा पुग्ने स्थान र मिति समेत नखुलाइएकाले अण्डा नियन्त्रणमा लिइएको पशु सेवा शाखा मन्थली नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मुकुन्द खड्काले बताए ।

पशुपंक्षी तथा पशुपंक्षीय ओसारपसार अनुमतिको भेटेरिनरी प्रमाणत्रमा क्वारेन्टाइनको छाप नभएको, ढुवानीको साधनको पहिचान नभएको, अण्डा प्याकिङ्ग गरिएको कार्टुन उत्पादक कम्पनी र अण्डा उत्पादक कम्पनी फरक पाइएको, बर्डफ्लू संक्रमित क्षेत्र चितवनबाट अण्डा ल्याइएको हुँदा अण्डा नष्ट गर्नु परेको खड्काको भनाई छ ।

अण्डा ढुवानी ब्यवसायिले भने नष्ट गरिएको अण्डा बर्डफ्लू संक्रिम नभएको दावि गरेका छन् । रामेछापका पोल्ट्री ब्यवसायिले बाहिर जिल्लाबाट आउने अण्डा रोक्ने नियतले अण्डा नष्ट गराइएको अण्डा ढुवानी ब्यवसायि होमथा कडेलले आरोप लगाएका छन् ।