गोकुल घोरसाइने, बारा
नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने करोडौ रकम मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ता र मालपोत कार्यालय कलैयाका लेखा प्रमुख युगलकिशोर ठाकुरको संयूक्त बैक खातामा जम्मा भएको भेटिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार मालपोत कार्यालय कलैयामा छापामारी लेखा प्रमुख युगलकिशोर ठाकुरलाई राजस्व खातामा जम्मा हुनुपर्ने २४ लाख ९२ हजार नगद रकम सहित प्रकाउ गरेपछि यो रहस्या बाहिर आएको हो । आयोगवाट खटिएको टोलीले साझ लेखाप्रमुख ठाकुरको डेराबाट सो श्रोत नखुलेको सो रकम बरामत गरेको थियो ।
कलैया मालपोत कार्यलयका लेखा प्रमुख ठाकुरले यसअघि २०७५ पुष मसान्तसम्म सिमरा मालपोत कार्यालयको लेखा प्रमुखको समेत जिम्मेवारी सम्हाल्दै आएका थिए । हाल अनुसन्धानका क्रममा ठाकुर र गुप्ताको मिलेमतो भेटिएपछि आयोगले उनीहरुको बैक खाता समेत चेकजाच गरेको थियो ।
ठाकुर र गुप्ताको अत्यन्त निकट र शंकास्पद सम्वन्ध देखेपछि बैक खाता चेक गर्दा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने करोडौ रुपया ठाकुर र गुप्ताको व्यक्तिगत खातामा जम्मा भएको भेटिएको आयोगले जनाएको छ ।
‘अनुसन्धान क्रममा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने करोडौ रुपैया लेखाप्रमुख ठाकुर र सिमरा मालपोत कार्यालय प्रमुख गुप्ताको संयूक्त बैक खातामा जम्मा भएको भेटिएको छ ।’ आयोगका एक कर्मचारीले भने । आयोगले ठाकुरलाई प्रकाउ गरी अनुसन्धान शुरु गरेको र गुप्ताको खोजी भइरहेको जनाएको छ । अख्तियारले निगरानी बढाएपछि गुप्ता भारततर्फ लागेको बताइएको छ । गुप्ताको मोवाइल स्वचअफ छ ।
राजश्व खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिको खातामा
अनुसन्धानका क्रममा लेखाप्रमुख ठाकुर र मालपोत कार्यालय सिमराका प्रमुख गुप्ताले लेखापढी व्यवसायी र जग्गा दलालहरुसँग मिलेर ग्रैहकानुनी रुपमा जग्गा वेचविखन गरी अकुत सम्पति आर्जन गरेको भेटिएको आयोगले जनाएको छ ।
अनुसन्धानकै लागि भन्दै आयोगले सिमरा मालपोतका प्रमुख गुप्ताका निजी सवारी चालकलाई प्रक्राउ गरेको घरवाट कलैया तथा सिमरा मालपोत कार्यालयका २ बोरा कागजपत्रहरु समेत जफत गरेको छ ।
आयोगले पछिल्लो समय विरगञ्ज मालपोत कार्यालय शुरु गरेको अनुसन्धान कार्य सिमरा मालपोत हुदै कलेैयामा पनि शुरु गरेको हो । यसअघि मालपोत कार्यालय विरगञ्जको राजस्व फाटमा काम गदा्र्र आर्थिक हिनामिना गरेको फेला परेपछि आयोगले गुप्तामाथि थप निगरानी बढाएको थियो ।
यसअघि जिल्ला प्रशासन कार्यालय बाराले छानविन तथा कारवाहिको माग गर्दै फागुन २२ गते पत्र पठाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप सक्र्रिय बनेको हो । सोही पत्रका आधारमा आयोगको केन्द्रिय टोलीले फागुन ३० गते सिमरा मालपोत कार्यलयमा छापा मारी अनुसन्धानका लागि सम्पूर्ण कागजपत्र जफत गरेको छ ।











प्रतिक्रिया