काठमाडौं,(नेस) । पुर्वी र मध्य तराइको भ्रमणमा रहनुभएका पुर्व राजा ज्ञानेन्द्र शाह आइतबारदेखि पुर्वी नेपालको भ्रमणमा जानुहुने भएको छ । पछिल्लो समयमा भारतीय राजदुतसंग जनकपुरमा भेटघाट भएको विषयमा विवाद भैरहेको अवस्थामा ज्ञानेन्द्र पुनः पुर्वी नेपालको भ्रमणमा निस्कन लाग्नुभएको हो ।
उहा यही आइतबारदेखि ५ दिनसम्म इलाम, फिदिम र पाँचथर भ्रमणमा निस्कनुहुने भएको छ । स्थानीय राजावादीको निम्तो मान्न र विभिन्न मठमन्दीरको दर्शन गर्न उहा इलाम जान लाग्नुभएको हो । इलाम, पाँचथर र फिदीमको भ्रमण सके लगत्तै उहाले भेटघाट गर्नुहुने भएको छ ।
करिब दुईसाता अघि मध्य तराईको चार जिल्ला र उदयपुरको भ्रमण सकेर झापामा बस्दै गर्नुभएका ज्ञानेन्द्रको यो भ्रमण शिवसेना नेपाल र स्थानीय राजावादीले तय गरेका हुन ।
भ्रमणको बन्दोबस्ती मिलाउन निजी सचिव सागर तिमल्सिना र सुरक्षाकर्मीको टोली पाँच दिन अघि इलाम र फिदिम पुगेको थियो । रेकी सकेपछि भ्रमणको मिति तय गरीएको हो–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो । भ्रमण लगत्तै ज्ञानेन्द्र काठमाडौं फर्कने कार्यक्रम तय भएको छ । चैत २८ गते काठमाडौं फर्कने कार्यक्रम रहेको उहा निकट स्रोतले जनाएको छ ।











प्रतिक्रिया