४ सय लिटर मदिरा नष्ट

0
Shares

काठमाडौ(नेस) । बौद्ध नागेश्वरी र गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बाहुनधारामा तयारी घरेलु मदिरा करिब ४ सय लिटर र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ करिब ३ हजार ३ सय लिटर मंगलबार दिउसो प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

बरामद गरेको तयारी घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ प्रहरीले स्थानीयबासिन्दा, वडा प्रतिनिधि र संचारकर्मीको रोहबरमा नष्ट गरेको हो । साथै उक्त स्थानबाट २१ थान ड्रम समेत प्रहरीले बरामद गरेको छ ।