काठमाडौ(नेस) । अवैध लागूऔषध गाँजा ओसारपसार कारोबारमा संलग्न रही फरार रहेका मकवानपुर कैलाश गाउँपालिका–८ आँखीटार घर भएका मिनबहादुर लोप्चन भन्ने मेलबहादुर लोप्चनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत बैशाख १ गते लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलास्थित सडक किनारबाट भारततर्फ निकासी गर्न लागिएको करिब १ सय ६० केजी अवैध लागूऔषध गाँजा (चिप्पड) र तेल ट्यांकर सहित २ जना मानिसहरुलाई पक्राउ गरेकोमा उक्त समयमा तत्काल फरार हुन सफल लोप्चनलाई खोजतलास गर्ने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका– ४ स्थित फरेस्ट्री अगाडि सडकमा फेलापारी पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा लोप्चनलाई पक्राउ गरेको हो ।











प्रतिक्रिया