सुमन जर्मनी जाँदै


काठमाडौं, (नेस)
अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको ब्रान्डवर्ग प्रस्थान गर्दैछन् । मार्च ३० र ३१ तारिखमा हुने प्रतियोगितामा सुमनले सिनियर पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने छन् ।

सुमन २०११ मा बंगलादेशमा भएको एसियाली कन्टिनेन्टल कराते तथा श्रीलंकाको कोलम्बोमा भएको प्रथम अन्तर्राष्ट्रिय खुला करातेका स्वर्ण विजेता हुन् । सुमनले २०१७ मा मलेसियाको क्वालालम्पुरमा भएको एसियाली गोजुरियो प्यासिफिक करातेका कांस्य विजेता पनि हुन् । सुमनलाई रेस्पोन्स टेक सर्भिस प्रा.लि. ले १ लाख रुपैयाँ प्रायोजन गरेको छ ।