नेपालले सबै खेल हा¥यो


काठमाडौं, (नेस)
एएफसी यू–२३ च्याम्पियनसिपअन्तर्गत छनोट चरणका सबै खेलमा नेपाल पराजित भएको छ ।

समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँग २–० ले हारेको थियो । यसअघि नेपालले ओमानसँग १–० ले र आयोजक कतारसँग ५–० गोलअन्तरले हार बेहोरेको थियो ।