होण्डा “सम्बन्ध सपनाहरुको” विजेता घोषित

0
Shares

काठमाडौं(नेस)
नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीप्रा. लि. ले नेपालमा ५० वर्ष पुरा गरेको उत्सवमा आफ्नो दशैं तथा तिहार योजना“सम्बन्ध सपनाहरुको”को विजेता घोषित गरेको छ ।

२५ माघ देखि २५ फाल्गुनसम्म संचालितउक्त योजनामा २५,२ सय ६५ जनाको सहभागिता रहेको थियो । सहभागीहरु मध्ये लक्की ड्र मार्फत ५० जना छनौट गरिएको थियो । छनौट भएका सहभागीहरुले ५० लाख बम्पर उपहार जित्नको लागि योजनासँग मेल खाने आफ्नो कुनै सपना उल्लेख गरी फेसबुकमा भिडियो अपलोड गर्नुपर्ने थियो ।

अपलोड गरिएका ३९ भिडियो मध्ये सर्वाधिक २४ हजार १ सय ५० लाइक, कमेन्ट र सेयर प्राप्त गरी आफू डाक्टर बनीजनमानसको सेवागर्ने सपनाबोकेका धुलिखेल, काभ्रेका विशाल थापा उक्त योजनाको विजेताबन्न सफल हुनुभएको थियो ।