गुट–उपगुट अन्त्य गर्ने अभियानमा काङ्ग्रेस

0
Shares

लमही ।
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गुट–उपगुटका कारण पार्टी कमजोर भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ ले आज गङ्गा परस्पुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी भित्रको गुट–उपगुट अन्त्य गर्ने अभियानमा आफूहरु रहेको बताउनुभयो ।

“गुट–उपगुटले पार्टी कमजोर भयो,” उहाँले भन्नुभयो । आउँदो चुनाव जित्न गुट–उपगुट अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सबै काङ्ग्रेस एक भए पार्टीलाई कसैले हराउन नसक्ने उहाँको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले गुटबन्दी त्यागेर कार्यकर्तामाझ आउन केन्द्रीय नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले सरकारले सन्तोषजनक काम गर्न नसकेको आरोप लगाउनुभयो । सो अवसरमा काङ्ग्रेस केन्द्रीय सदस्य दीपक गिरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।