शाहको स्मृतिमा ब्याडमिन्टन


जाजरकोट, (नेस)
जाजरकोटमा मंंगलबारदेखि स्व। रवीन्द्र शमशेर शाहको स्मृतिमा प्रथम डबल्स खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ।
उक्त प्रतियोगिता आज बुधबारसम्म सञ्चालन गरिनेछ। कार्यक्रममा १२ टिमले भाग लिएका छन्। यसैबीच शाहको सम्झनामा नेपाल प्रेस युनियान जाजरकोटको नाममा एक लाखको पत्रकार अक्ष्यकोष स्थापना गरिएको छ। नेपाली कांग्रेसका नेता सनतकुमार कार्की र प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले खेलको उद्घाटन गर्नुभएको थियो।