नयाँ वर्षमा टीभीएसको ‘सात छ हाम्रो’ अफर

0
Shares

काठमाडौं, (नेस)
जगदम्बा मोटर्स टीभीएस मोटर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेता हो। यसले नववर्ष २०७६ को अवसरमो टीभीएस ‘सात छ हाम्रो’ अफर ल्याएको छ। नयाँ वर्षको शुरुआत टीभीएसको साथ मनाउन र शुभकामना स्वरूप सोअफर ग्राहकको माझ ल्याइएको हो।

हरेक दुई पांग्रे सवारीप्रेमीहरूको एक मात्र समाधान केन्द्रको रुपमा अवस्थित भएको टीभीएसको ‘साथ छ हाम्रो’ अभियान टीभीएसले दुई वर्ष अघि परिचित गराएको थियो। चैत ११ गतेदेखि सुरु हुने उक्त अफरमा टीभीएसले हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजार रुपियाँको स्योरसट नगद छुटको व्यवस्था गरेको छ। यस अफरले स्क्याच कुपनको झन्झट हटाइ ग्राहकको सहजताका लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको हो। यो अफर वैशाख मसान्तसम्म लागू हुनेछ।

टीभीएसले सात भिन्नाभिन्नै सीसीका उत्पादनमा पाँच वर्षको वारेन्टी, अनस्पट फाइनान्स, अनस्पट एक्सचेन्ज, १ घन्टे एक्सप्रेस सेवा लगायतका अन्य विभिन्न सेवाका फाइदा दिँदै आएको छ। उक्त आठ सीसी मध्य ड्याज, जेस्ट, विगो कम्बो, ११० सीसीअन्तर्गत पर्छन साथै १२५ सीसी अन्तर्गत जुपिटर क्लासिक, एन्टोर्क र स्ट्राइकर, १५० सीसी अन्तर्गत अपाची आरटीआर १५० २ भी भी २, १६० सीसी अन्तर्गत अपाची आरटीआर १६० २ भी भी २ र अपाची आरटीआर १६० ४ भी, १८० सीसीअन्तर्गत अपाची आरटीआर १८०, २०० सीसी अन्तर्गत अपाची आरटीआर २०० ४ भी भी २, र ३१० सीसी अन्तर्गत अपाची आरआर ३१० रहेका छन्।