लक्ष्मी बैंकको ४६ जिल्लामा १०१ शाखा

0
Shares

काठमाडौं, (नेस)
लक्ष्मी बैंकले काठमाडौंको बौद्ध र ललितपुरको इमाडोलमा शाखा सञ्चालनमा ल्याएकोे छ। यी शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ। यी शाखाहरूका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमालगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा बजारहरूमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ।