मेलामा १२ हजार जोर जुत्ताचप्पल बिक्री

0
Shares

हेटौंडा, (नेस)
हेटौंडामा जारी र जुत्ताचप्पल व्यापार मेलामा हालसम्म १२ हजार जोर जुत्ताचप्पल बिक्री भएको आयोजकले जनाएका छन्। फागुन २८ गतेबाट जारी मेलामा ६० हजार अवलोकनकर्ताले मेला अवलोकन गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताउनुभयो। मेलामा भारी छुटका साथ बिक्री भएकोले अवलोकनकर्ताको भिड रहेको संयोजक उपाध्यायले बताउनुभयो।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजना र फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालको सहभागितामा मेला भएको छ। नेपाली जुत्ताचप्पलको सात वटा ब्रान्ड मेलामा सहभागी रहेको संयोजक उपाध्यायले बताउनुभयो। प्रदर्शनभरमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संयोजक उपाध्यायले जानकारी दिनुभयो। नयाँ डिजाइनका छालाजन्य जुत्ताचप्पल पनि मेलामा राखिएको छ। मेलामा जेन्स तथा लेडिज चप्पल र जुत्ता, पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल÷कलेज सुज, हवाई चप्पल, डीएमएस जुत्ता, बेल्टलगायत छालाजन्य उत्पादन छन्।
‘स्वदेशी वस्तु प्रवद्र्धन–हाम्रो अभियान’ भन्ने मुल नारासाथ मेला गरिएको उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो। नेपाली उपभोक्तालाई स्वदेशमा उत्पादित स्वदेशी ब्रान्डप्रति माया र स्वदेशी ब्रान्ड प्रयोग होस् भन्ने उद्देश्यले मेला आयोजना गरेको अध्यक्ष कटुवालको भनाइ छ। बीएफ डियर हिल सुज, रन सुज, रोयल सुज, क्रसरोड सुज, कोसेली सुज, हाइलाइफ सुज, सुल्याण्ड सुज ब्रान्डका जुत्ताचप्पल मेलामा छन्।